मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको गोष्ठी सम्पन्न 

पाेखरा । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने उदेश्यले शाखा प्रबन्धक स्तरीय गोष्ठी सम्पन्न गरेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै संस्थाका संचालक समितिका अध्यक्ष कल्याण बिक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बद्धमा आवस्यक निदेशन दिनु हुदै मन, वचन तथा कर्मबाट योगदान गर्न कर्मचारीहरुलाई प्रेरित गरे । 

त्यस्तै प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न यस गोष्ठीले प्रबन्धकहरु सक्षम भइ बजारमा आफुलाई स्थापित गर्न सक्नु पर्नेमा जोड दिए । 

उक्त तालिममा युवापुस्ताका मोटिभेटर तथा पूर्व बैंकर अनिल केसरी शाह, लघुबित्त बिज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेश्नल स्पीकर सौनक भट्टले सहजीकरण गरेका थिए । 

पोखरामा आयोजित २ दिने बृहत कार्यक्रममा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्मका १४९ शाखा कार्यालयका शाखा प्रबन्धकहरु, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका बिभिन्न्न बिभागका प्रमुख सहित करिब २०० जनाको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर