• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

पोखरा एनएसएलको फाइनल प्रवेश, ललितपुरसँग उपाधि भिडन्त पक्का

काठमाडौं । धनगढीलाई चामत्कारिक रुपमा हराउँदै पोखरा एनएसएल फुटबलको फाइनल प्रवेश गरेको छ । 

स्टेफन समिर विनोङको निर्णायक गोलमा धनगढी एफसीलाई खेलकाे अन्तिम समयमा पराजित गर्दै पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हाे। 

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो। 

स्टेफन विनोङको निर्णायक गोलमा पोखरा फाइनलमा पुगेको हो। अतिरिक्त समयको तेस्रो मिनेटमा विनोङले निर्णायक गोल गरेका हुन्। 

पोखराले अब उपाधिका लागि ललितपुर सिटी एफसीविरुद्ध खेल्नेछ। 

एलिमिनेटरमा पोखराले चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। 

धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर