• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

कन्काकाफ कपको पहिलो सेमिफाइनलः मेसीको मायामी पराजित

काठमाडौं । कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको पहिलो लेगमा अर्जेन्टिाइन सुपरस्टार लियोनल मेसीको इन्टर मायामी पराजित भएको छ ।

मायामी क्यानडाको भान्कुभरसँग उसैको घरेलु मैदानमा २–० गोल अन्तरले पराजित भएको हो । 

भान्कुभरले पहिलो हाफको २४ औं र दोस्रो हाफको ८५औं मिनेटमा गोल गरेर फाइनल यात्राका लागि बाटो सहज बनाएको हो । 

यी दुई टिमबीच मे एक तारिकमा मायामीको घरेलु मैदानमा दोस्रो लेग हुनेछ । दोस्रो लेगमा पनि मायामीले कमब्याक गर्न नसकेमा भान्कुभर उपाधि होडका लागि फाइनल प्रवेश गर्नेछ । 

आजको खेलमा मायामीले पकड जमाउनुका साथै केही राम्रा प्राहार गरेपनि गोल गर्न भने सकेन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर