• २०८२ बैशाख १२ शुक्रबार
  • Friday, 25 April, 2025

आजको राशिफल: पढाइ लेखाइ तपाईं आफ्नै कारणले विग्रन सक्छ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । परिवारका साथ घुमफिर, मनोरञ्जन तथा खानपानमा समय व्यतित हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मवल बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिकताको प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने तथा विलाशी वस्तु हात लाग्नेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार सँस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमति जुट्ने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले विग्रने हुँदा अरुभन्दापछि परिनेछ । प्रेम प्रसंगमा टाडै रहनुहोला, प्रीय पात्रसँग मनमुटाव हुनसक्छ ।  खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानुन सम्बत् काम गर्नुहोला, दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । परिवार तथा आफन्तका साथ खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेम तथा पारिवारिक जीवन सुखद रहनेछ । विद्या बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धामा वा बाहिरी क्रिर्याकलापमा भाग लिई नाम कमाउन सकिनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरु केही भए स्वतः ठीक हुनेछ । व्यापार बिस्तार गरि मनग्गे आर्थिक लाभ लिन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्राको तय गर्न सकिने तथा खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) घरायसी समस्या एक्कासी बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ, ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनि नतिजाका लागि केही समय कुर्नु नै पर्नेछ । र, पनि सवारी साधन तथा जग्गा जमिन सम्बन्धी कामबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । पारिवारका साथ घुमफिर, मनोरञ्जन तथा मिष्टान्न भोजनमा समय व्यतित हुनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । खनिज पदार्थ तथा पैत्रिक धन तथा सम्पत्ति प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाइ लेखाइमा अन्यभन्दा एक कदमअघि बढेर नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिस्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।  

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला, आर्थिक कारोबार विग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाईं आफ्नै कारणले विग्रन सक्छ ध्यान दिनु होला । र, पनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर