• २०८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025

आजको राशिफल: आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा मन खिन्न हुनेछ । काम गर्दा सावधानी अपनाउनुहोला खराब व्याक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबीच बैमनस्यता बढ्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । र, पनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आर्थिक दृष्टिले दिन उत्तम रहेकोछ भने अधुरा योजनाहरु पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । सन्तान सुख मिल्नेछ भने परिवारमा मांगलिक कार्य हुनेछ । पुख्यौली सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरि आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । लक्ष्य प्राप्तिका लागि चालिने पाइलाहरु सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाइ लेखाइ अरुभन्दा एक कदमअघि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेकोछ । परिवारका साथ रमाइलो यात्राको तय हुने तथा खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइहरु जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरि टीका तथा प्रशाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागि विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिदै यात्राको निस्कन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदिबहिनीसँग मनमुटाव बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दापछि परिनेछ भने माया प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ, ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) चलि आएका  परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटो समयमा पूरा हुनेछ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मियता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरीको धार्मिक यात्रा हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरुलाई सल्टाउने समय रहेकोछ । सत्रुले दुःख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विवाद तथा न्यायिक निर्णयहरुबाट हुने सुनुवाई तपाईंकै पक्षमा हुने हुनाले मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पत्तिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा उत्पादनमूलक व्यवसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरीको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । पुराना विवादित विषय हल भएर जानेछन् । सन्तान तथा आफन्तसँग यात्रा गरेर मनोरञ्जन गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा नजिकका मानिसबाट तपाईंको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागि हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । परिवार तथा आफन्तसँग रमाइलो गर्दै स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सबैको सहयोग पाइने हुनाले काम गर्न जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रकासाथ रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययन र कामबाट विश्राम पाइने तथा परिवारका साथ यात्रामा निस्कन सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर