प्रचण्डले भनेः 'माओवादी फुटाउन षडयन्त्र बढाएका छन्'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटाउनका लागि प्रतिक्रियावादीहरूले षडयन्त्र बढाएकाे बताएका छन् । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ताे षडयन्त्र परास्त गरेर एकता पैदा गर्न विभिन्न उपायहरू अपनाएकाे उनले बताए ।
अध्यक्ष प्रचण्डले भने, 'हाम्राे पार्टी भित्र के के गर्न सकिन्छ भनेर षडयन्त्र पनि बढाएकाे बढायै छन् । निक्कै धेरै षडयन्त्रहरू भइरहेका छन् । तर हामीले पार्टीलाई एकताबद्द राख्न पछिल्लाे केन्द्रीय समितिसम्म पुग्दासम्म एकताबद्ध पार्टी राख्न सर्वसम्मत निर्ययहरु गरेका छाैं । प्रतिक्रियावादीहरूकाे षडयन्त्र परास्त गर्नका लागि लामा लामा बैठकदेखि परामर्श बैठकहरू, अभियानमा सबै नेताहरू सहभागि हुने गरेका छाैं ।'
अध्यक्ष प्रचण्डले अहिले राजावादीहरुको रणनीति असफल भइसकेको बताएका छन् । राजावादीहरुको सक्रियता बढेपछि आफूहरुले शान्तिपूर्वक प्रतिवाद गरेको उनले बताए ।
प्रचण्डले भने, ‘राजावादीहरुको करिब करिब उनीहरुले भन्ने गरेको र गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः असफल भइसकेको छ। अहिले हामीले भन्नुपरेको छैन, अरुअरुले पनि भन्न थालेका छन्, असफल भयो । त्यो भनेको जनता सफल भए, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरको हैसियतले हामी सफल भयौं ।’
उनले आउने दिनमा पनि राजावादी भनाउँदाहरुले बितण्डा मच्चाउनसक्ने भएकाले जनतालाई सचेत बनाउनुपर्ने बताए ।
प्रचण्डले भने, ‘प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुलाई खबरदारी गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । तपाईं प्रचार सेनाको जर्नेल हुनुको नाताले अझै बढी संवेदनशील र गम्भीर हुनुपर्छ ।’
'राजनीतिक विवेक राख्ने सबैले भन्न थाले याे सरकार विचाैलिया र भ्रष्टहरूकाे सरकार हाे भनेर, प्रष्ट भएकाे छ,' उनले भने ।
'शिक्षकका माग पूरा गर्न अत्यन्त गैरजिम्मेवार ढंगले शिक्षकहरूलाइ अपमान गर्न लागिरहेकाे छ । हिजाे शिक्षकका माग किन पूरा नगरेकाे भन्नेले अहिले शिक्षकलाइ अपमान गर्ने र माग वेवास्ता गर्ने काम प्रधानमन्त्रीले नै गरेका छन्,' प्रचण्डले थपे ।
शिक्षकका मागबारे हिजाे सरकारमा हुँदा र अहिले पनि त्यही भनिरहेकाे उनले बताए । हिजाेकाे सरकारले गरेकाे सहमतिबाट अहिलेकाे सरकार पछि हटेकाे र कार्यान्वयन नगरेकाे प्रचण्डकाे भनाइ छ ।
‘लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतिर सरकार लागेको छ,’ प्रचण्डको भनाइ छ, ‘शिक्षकसँग भएका सहमतिअनुसार ऐन तत्काल ल्याउनुपर्छ र छोटो बाटोबाट लागू गर्नुपर्छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकको आन्दोलनप्रति दोहोरो चरित्र देखाएको समेत आरो लगाए। ‘प्रतिपक्षमा हुँदा शिक्षकलाई आन्दोलन गर्न उक्साउने व्यक्ति अहिले प्रधानमन्त्री छन्, तर शिक्षकमाथि अपमान भइरहेको छ,’ प्रचण्डले भने।
यसैबीच सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘विभाजनको तितो यथार्थ पनि सहनुपरेको थियो । तर अहिले एकताको नयाँ धारा सुरु भएको छ । पार्टी भित्र चल्ने गुटबन्दीबाट सिन्धुपाल्चोक जिल्लाले पार्टी लाईन र हेटक्वाटरसँग एकताबद्ध बनेर बस्यो ।’
प्रतिकृया दिनुहोस