• २०८२ बैशाख १४ आइतबार
  • Sunday, 27 April, 2025

सरकारले पूरा गरेन शिक्षकका मागः बिथोलियो वार्ता

काठमाडौं । सरकारले शिक्षकका माग पूरा गर्ने विश्वास दिलाउन नसक्दा शिक्षक र शिक्षक महासंघबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ।

शनिवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधि बीचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो ।

शनिबार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबीच वार्ता भएको वार्तामा विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरुको अडान कायमै राखेका थिए।

वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरुले उठाएका मागहरु पूरा हुनुपर्ने माग शिक्षकहरुले गरेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।

'आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्युको समुपस्थितिमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ,’ उनल भने।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारले शुक्रबार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताए।

Lev3Laxmi bank
उनले अहिले नै निष्कर्षमा  पुगि नसके पनि  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरुका माग पूरा गरेको खण्डमा छिट्टै निस्कर्षमा पुग्ने बताए।

आन्दोलनरत शिक्षकको प्रतिनिधिसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्। आजै भएको सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि बाहिरिएका प्रतिनिधिसँग महामन्त्रीद्वयले छलफल गरेका हुन्।


छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहितसहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए।

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर विद्यालयमा फर्काउने जिम्मा सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वयलाई दिएका थिए।

उनीहरुले यसअघि पनि शिक्षकहरुका प्रतिनिधिसँग छलफल गरेका थिए। लामो समयदेखि आन्दोलनमा रहेका शिक्षकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली अनुदार भएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेपछि महामन्त्रीद्वयलाई देउवाले खटाएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर