• २०८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025

अमरेशको आरोपः गगनको बेडरुमसम्म भ्रष्टाचारी पुग्छन्

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काउण्टर जवाफा दिएका छन् । गगनले प्रधानमन्त्रीलेखि हरेक नेताको बेडसम्म विचौलिया पुग्छन् भनेका थिए । 

सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको बेडरुमसम्मै भ्रष्टाचारीको पहुँच रहेको दाबी गरे । केही दिनअघि महामन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको बेडरुमसम्मै बिचौलियाहरूको पहुँच रहेको आरोप लगाएका थिए ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले महामन्त्री थापाको बेडरुमसम्म सर्वोच्चबाट भ्रष्टाचारी प्रमाणित व्यक्ति पुग्ने गरेको दाबी गरे ।

उनले भने, ‘कांग्रेसमा महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नुभयो । आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रा देख्ने, सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेको व्यक्ति उहाँको बेडरुममा छ । कैद र जरिवाना दुवै पाइसकेको उहाँको बेडरुममा छ । अहिलेसम्म कांग्रेसले उसलाई हटाउन सकेको छैन । किनकी नेपाली कांग्रेसलाई संविधान, नियम र कानूनको पालना गर्न आउँदैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर