प्रेम आलेले संसदमा भनेः अश्लील बोलेको छैन, २५ सय वाटको स्पीकर राखेर सुन्नु

काठमाडौँ । एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले संसद्मा अश्लील नबोलेको बताएका छन् । उनले सोमबारको प्रतिनिधिसभा बैठकमा अश्लील नबोलेको बताएका हुन् ।
उनले पोखरा विमानस्थल र भैरहवा विमानस्थलमा ठूलो रकम भ्रष्टाचार भएको कुरा उठाइरहेका बेला आफूलाई हुर्मत लिन यस्तो समाचार आएको हुनसक्ने आशंका गरे ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद आलेले अश्लील बोलेको भनेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले राम्रोसँग २५ सय वाटको स्पीकर राखेर आफूले बोलेको सुनेर मात्रै समाचार बनाउन आग्रह गरे ।
‘हिजो संसद्मा बोल्दा पार्टीको दबाब झेल्न नसक्दा त्यो मुन्छेलाई डीजी बनाउनुपर्यो भनेर बोलेको थिएँ ,’ आलेले भने ।
जनप्रतिनिधिले बोलेको विषयमा ध्यान दिएर मात्र समाचार सम्प्रेषण गर्न सांसद आलेको आग्रह छ ।
प्रतिकृया दिनुहोस