• २०८२ बैशाख १९ शुक्रबार
  • Friday, 2 May, 2025

नाउपा–जनमत एकता घोषणा भोलि नै 

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीको पक्राउका कारण एकाएक स्थगित गरिएको एकता कार्यक्रम भोलि बिहीबार नै हुने भएको छ । 

दुई पार्टीबीच आजै एकता गर्न तय भएको भए पनि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएपछि एकता कार्यक्रम स्थगित भएको थियो ।

तर, सर्वोच्च अदालतबाट पठाइएको पत्र अनाधिकृत भएको पाइएपछि रेशम आजै छुटेका छन् । रेशम छुटैसँग एकताबारे छलफल सुरु भएको हो । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले स्थगित पार्टी एकता भोलि नै गर्नेगरी छलफलमा जुटेको जानकारी दिए । ‘भोलि नै एकता हुन्छ, अहिले हामी बानेश्वरमा यसबारे छलफलमा छौं ।’

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पनि एकताबारे छलफल सुरु भएको बताएका छन् । जनमत पार्टी कार्यालय नजिकैको एक घरमा भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट संरक्षक रेशमलाल चौधरी, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर