• २०८२ बैशाख १६ मंगलबार
  • Tuesday, 29 April, 2025

गगनलाई सर्वोच्चले दियो लिखित जवाफ दिन आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ मगाएको छ । 

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार सात दिनभित्र जबाफ पेस गर्न आदेश भएको हो। ‘आफै‌ वा आफ्ना कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जबाफ पेस गर्न आदेश भएको छ,’ कुईकेलले भने।

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको रिट दर्ता भएको थियो। अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए।

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाइरहेको भन्दै थापाले केही दिन अघि भाषण गरेका थिए।

संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरिकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो। अहिले संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर