• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

अमेरिका र युक्रेनद्वारा प्राकृतिक स्रोत सम्बन्धी सम्झौतामा हस्ताक्षर

अमेरिका र युक्रेनबीचमा प्राकृतिक स्रोत सम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । युक्रेनसँग बहुप्रतिक्षित प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको अमेरिकाले बताएको छ ।

यो सम्झौताले युक्रेनको युद्धपछिको पुनर्निर्माण प्रयासलाई मद्दत गर्ने अमेरिकी वित्त मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वशर्तको रूपमा यो सम्झौतालाई अघि सारेका थिए । युक्रेनले पूर्ण सुरक्षाको ग्यारेण्टी माग गरेको बेला अमेरिकाले यो प्रस्तावलाई पूर्व शर्तका रुपमा ल्याएको थियो ।

युक्रेन अझै पनि रुसको आक्रमणको विरुद्ध लडिरहेको छ । यो सम्झौताले ट्रम्प प्रशासन स्वतन्त्र, सार्वभौम र समृद्ध युक्रेनको पक्षमा आधारित शान्ति प्रक्रियामा प्रतिबद्ध छ भन्ने रुसलाई पनि सन्देश दिएको अमेरिकाले बताएको छ ।

सम्झौताअनुसार अमेरिकी युक्रेनी संयुक्त लगानी कोष स्थापना गरिनेछ । कोषले खनिजहरूको खोजी गर्नेछ र त्यसबाट आउने आम्दानी कसरी बाँडफाँट गरिने भन्ने कुरा उल्लेख गरिएको छ ।

बुधबार दिउँसो अमेरिकी वित्त मन्त्रालयले दिएको विवरण अनुसार, नवगठित कोष ले फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेदेखि अमेरिकाले दिएको महत्वपूर्ण आर्थिक र भौतिक समर्थनलाई मान्यता दिनेछ ।

वित्त मन्त्री स्कट बेसेन्टले भने, राष्ट्रपति ट्रम्पले गरेको परिकल्पना अनुसार नै अमेरिकी र युक्रेनी जनताबीचको यो साझेदारी भएको बताए । अव युक्रेनमा दीर्घकालीन शान्ति र समृद्धिको प्रतिबद्धता यस मार्फत नै पूर्ण हुने अमेरिकाले विश्वास लिएको छ ।

रुसको युद्ध मशीनलाई आर्थिक वा भौतिक रूपमा समर्थन गर्ने कुनै पनि व्यक्ति वा राष्ट्रलाई युक्रेनको पुनर्निर्माणबाट लाभ उठाउन नदिइने सम्झौतामा उल्लेख छ ।

यो सम्झौताले युक्रेनको विकास सम्भावनाहरू खोल्न मद्दत पुर्याउने वित्त मन्त्रीको दावी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर