• २०८२ बैशाख १९ शुक्रबार
  • Friday, 2 May, 2025

कांग्रेस–एमालेले एकलौटी गर्न खोजेपछि प्रचण्डले गरे बैठक बहिष्कार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले शान्ति प्रकृयाका बाँकी काम टुंगो लगाउने विषयमा एकलौटी गर्न खोजेपछि शान्ति प्रकयाको एउटा हिस्सा माओवादी असन्तुष्ट देखिएको छ । 

सन्त निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमा पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल गर्न आज प्रधानमन्त्री केपी ओलीले तीन दलका शीर्ष नेताहरुको छलफल डाकेका थिए । 

तर आयोगमा रहन व्यक्तिबारे दुई दलले भागबण्डा गरेर टुंगो लगाएको र साक्षीका रुपमा प्रचण्डलाई पनि मिसाउन खोजिएको थाहा भएपछि प्रचण्ड बैठकमा सहभागि नभएको स्रोतले बतायो । 

सत्य निरुपणको अध्यक्षमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीलाई अघि सार्ने तयारी कांग्रेसले गरेको छ। एमालेले भने पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष बनाउन चाहेको छ।

माओवादीले भने उच्च अदालतका पूर्वन्यायाधीश अच्युत भण्डारीलाई अध्यक्षका लागि अघि सारेकाे छ ।

ओलीले सिंहदरबारमा बोलाएको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ नगएपछि छलफलमा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा मात्रै सीमित भएको थियो ।

आफूलाई सरकारी निर्णयको साक्षी मात्रै बनाउने गरिएको भन्दै असन्तुष्टि जनाएर आजको छफलमा प्रचण्ड अनुपस्थित भएको जनाइएको छ । 

सरकारले गर्ने गलत काममा आफूलाई मुछ्ने गरी बोलाउने गरिएको भन्दै आजको छलफलमा नगएको प्रचण्डको सचिवालयले बतायो । त्यसपछि ओली र देउवाबीच मात्रै छफल भएको थियो । 

करिब एक घण्टा लामो छलफल सकाएपछि ओली र देउवा सिंहदरबारबाट छुट्टिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर