हितेन्द्रले जारी गरे प्राधिकरणको श्वेतपत्र, कुलमानसँगै मिल्दाेजुल्दाे  

काठमाडौं ।  सरकारले नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङ हटाएपछि नियुक्त भएका हितेन्द्रदेव शाक्यले प्राधिकरणको पछिल्लो अवस्थाबारे स्वेतपत्र जारी गरेका छन् ।

उनले अघि सारेका तथ्य र तथ्याङकहरु यस अघिका कार्यकारी निर्देशक कुलमानले सार्वजनिक गरेकै वरपर रहेका पाईएको छ । 

प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ । श्वेतपत्रअनुसार विद्युतको पहुँच ९७.५ प्रतिशत पालिकामा मात्रै विद्युत पहुँच पुगेको छ । घर संरचनाको आधारमा ९१.४१ प्रतिशत विद्युत् पुगेको देखिएको छ ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट विदा हुनुअघि पत्रकार सम्मेलन गर्दै मुलुकभर करिब ५८ प्रतिशत जनताले मात्र विद्युत उपभोग गर्न पाएकोमा हाल ९९ प्रतिशतभन्दा बढी जनतामा विद्युतको पहुँच पुगेको उल्लेख गरेका थिए । श्वेतपत्रमा वडाको आधारमा हेर्दा ९५ प्रतिशत मात्रै पुगेको उल्लेख छ । यसअनुसार २०८१ माघसम्म ५५ लाख ८६ हजार घरमा मिटर जडान गरिएको देखिएको छ ।


सरकारले निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको नेतृत्व सुम्पिएको थियो । २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका कुलमानलाई सरकारले गत चैत ११ गते बर्खास्त गरेको थियो । मन्त्रिपरिषद्को सोही बैठकबाट हितेन्द्र प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । आफू कार्यकारी निर्देशक बनेपछि हितेन्द्रले कुलमानले ढाँटेको र मिडियाबाजी मात्र गरेको भन्दै प्राधिकरणको यथार्थ अवस्था देखाउन श्वेतपत्र जारी गर्ने बताउँदै आएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर