ललितपुर नेपालकाे सिलिकन भ्याली बन्छ: मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरलाई नेपालको सिलिकन भ्याली बनाउने घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

उनले ललितपुर महानगरपालिकालाई सिलिकन भ्याली बनाउने योजनामा महानगर लागि परेको उल्लेख गरे। 

सबै मिलेर काम गरे यो लक्ष्य कठिन नभएको उनको भनाइ थियो। आइटी क्षेत्रमा काम गर्नेहरूलाई ललितपुर महानगरले रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर