• २०८२ बैशाख २४ बुधबार
  • Wednesday, 7 May, 2025

एमाले राजनीतिमा निस्क्रीय बसेका पूर्वमन्त्री नेपालको निधन

काठमाडौं । नेकपा एमालेको राजनीतिबाट निस्क्रिय बसेका नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ ।  नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हाे। 

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । 

उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । पछिल्लो समय नेकपा एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सल्लाहकार थिए । 

नेपाली भाषाका साहित्यकार समेत रहेका नेपालले पञ्चायतकालमा सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गरेका थिए ।

पछिल्ला वर्षमा भने उनी राजनीतिमा सक्रिय थिएनन् । नेपाल साहित्यकारसमेत हुन् । नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले 'बर्बरिक' उपन्यास लेखेका छन् ।

त्यस्तै 'एक्काइसौँ शताब्दीकी सुम्निमा', 'बाघमारेको लालसलाम', 'देशको खोजी', 'पाइला छाडेर अस्ताएको घाम', 'आमाको मन', 'सञ्जय थापाका कथाहरू', 'जननी जन्मभूमिश्च', 'फेवाको सुस्केरा', 'देउमाईको किनारमा' लगायतका कृति प्रकाशित छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर