प्रचण्ड शाैचालयमा लडेर घाईते, घरमा आराम गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्।
खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।
छाेरी गंगाले भनिन्, `गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद।´
'हिजोराति सुत्नुअघि शौचालयमा जाँदा सामान्य ठोकिनुभएको हो । उहाँ हिँडेरै मेडिसिटी अस्पताल जानुभएको हो । अहिले आफ्नै निवासमा भेटघाटमा व्यस्त हुनुहुन्छ', स्वकीय सचिव गोविन्द आचार्यले भने ।
प्रतिकृया दिनुहोस