• २०८२ बैशाख २५ बिहीबार
  • Thursday, 8 May, 2025

भारत–पाकिस्तान तनावपछि नेपालमा सुरक्षा परिषदको बैठक 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनाथ अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायत उपस्थित छन्।

भारत–पाकिस्तानबीच पछिल्लो समयदेखिएको तनाव र त्यसले नेपाललाई पार्ने प्रभावबारे बैठकमा छलफल हुनेछ।

त्यसअघि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। 

तीनवटै सुरक्षा निकायका प्रतिनिधि उपस्थित रहेको बैठकले बढ्दो भारत–पाकिस्तान तनावलाई ध्यानमा राखेर सीमानामा कडाई गर्ने निर्णय लिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर