• २०८३ कार्तिक १३ बिहीबार
  • Thursday, 29 October, 2026

आफैं अस्पताल गएका माधवकुमारको मुटुको उपचार हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको मुटुको एनजिओप्लास्टि गरिएको छ।

केही दिनदेखि स्वास्थ्यमा समस्या आएका अध्यक्ष नेपाल बिहीबार महाराजगञ्जस्थित कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका थिए।

पार्टीका पोलिटव्युरो सदस्य मोहन गौतमका अनुसार अध्यक्ष नेपालको मुटुको एनजिओप्लाष्टि गरिएको हो।

‘हिजो उहाँको मुटुको  एनजिओप्लाष्टि गरियो, सम्भवत आज डिस्चार्ज हुनुहोला,’ उनले भने।

विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ ।

अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले नेपाललाई सीसीयूबाट नर्मल वार्डमा सारिएको बताए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर