मोदीको ‘कटु आलोचक’ भारतीय मिडिया 'द वायर'माथि प्रतिबन्ध

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटु आलोचनात्मक समाचार सामाग्री पस्कने गरेको भारतीय मिडिया द वायरमाथि सरकारले प्रतिबन्ध लगाएको छ ।
विश्व राजनीतिमा लोकन्त्रिक देशको ओकालत गर्ने भारतीय सरकारले मिडियामाथि प्रतिवन्ध लगाएपछि उसको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा कतिपयले प्रश्न गर्न थालेका छन् ।
सूचना प्रविधि मन्त्रालयको आदेशअनुसार इन्टरनेट सेवाप्रदायकहरूले भारतभित्र 'द वायर' साइट हेर्न नमिल्ने गरी बन्देज लगाएको उक्त अनलाइनले जनाएको छ। भारत बाहिर भने यो साइट पढ्न सकिन्छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावबीच नरेन्द्र मोदी सरकारको कडा आलोचना गर्ने भनी चिनिएको द वायरमाथि प्रतिबन्ध लगाइएको हो।
पछिल्लो समय भारतका अधिकांश सञ्चारमाध्यम सरकारको मुखपत्र बनेका बेला वायर लगायतका केही संस्थाले मात्र पत्रकारिताको धर्म निर्वाह गरेको भनी भारतीय विश्लेषक तथा पत्रकारहरूले भन्दै आएका छन्।
वायरका संस्थापक सम्पादक सिद्धार्थ वर्द्धराजनले 'इन्टरनेट सेवाप्रदायकहरूले भारतभित्र आफ्नो अनलाइन हेर्न नमिल्ने गरी बन्देज लगाएको' ट्विटरमा लेखेका छन्। केही ठाउँमा अझै यो साइट हेर्न मिल्छ। तर मन्त्रालयको आदेश पूर्ण कार्यान्वयनमा आएपछि त्यहाँ पनि रोक लाग्ने वर्द्धराजनले उल्लेख गरेका छन्।
द वायरले आफ्ना पाठकलाई सम्बोधन गर्दै वक्तव्य जारी गरेको छ।
अनलाइन साइटमै प्रकाशन गरिएको उक्त वक्तव्यमा संविधानले ग्यारेन्टी गरेको सूचनाको हक कुण्ठित हुने गरी समाचार संस्थामाथि प्रतिबन्ध लगाइएको उल्लेख छ। अहिलेको संवेदनशील समयमा देशलाई स्वतन्त्र र निष्पक्ष सूचनाको खाँचो परेका बेला प्रतिबन्ध लगाउनुलाई उसले आपत्तिजनक भनेको छ।
'हामी सरकारको यो कदमलाई चुनौती दिन आवश्यक कदम चाल्ने छौं,' वायरले जारी गरेको वक्तव्यमा उल्लेख छ।
सिद्धार्थ वर्द्धराजनले भारतभित्र 'भिपिएन' प्रयोग गरेर वायर हेर्न सकिने जानकारी आफ्ना पाठकहरूलाई दिएका छन्।
Dear Readers of The Wire In a clear violation of the Constitutional guarantee of freedom of the press, the Government of India has blocked access to https://t.co/BCdnZhucBj across India. + pic.twitter.com/YO0TlQkVVL
— Siddharth (@svaradarajan) May 9, 2025
प्रतिकृया दिनुहोस