• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

भारत–पाकिस्तान रोकिएन गोलाबारीः भारतका ३२ विमानस्थल बन्द

काठमाडौं । भारत र पाकिस्तानबीच जारी द्वन्द्वका बीच जम्मु कश्मीरमा फेरि गोलाबारी सुरु भएको छ । श्रीनगरमा उपस्थित बीबीसीका संवाददाता मजिद जहाँगिरका अनुसार कुपवाडा, उरी, पुँचको कर्णह र तङ्गधर्मामा साँझ ७ः२० बजे गोलाबारी सुरु भएको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार उरी, पठानकोटमामा पनि विष्फोटको आवाज सुनिएको छ । यसअघि बिहीबार राति पनि भारतका विभिन्न भागमा पाकिस्तानले ड्रोन आक्रमण गरेको बताइएको छ ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विष्फोटको आवाज सुनिएको हो । ‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विष्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मुमा ब्ल्याकआउट भएको र साइरनको आवाज सुनिएको जानकारी दिएका छन् । अब्दुल्लाहले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘जम्मुमा ब्ल्याकआउट छ, सहरभरि साइरनको आवाज सुन्न सकिन्छ ।’

यसअघि बिहीबार राति पनि पाकिस्तानसँग सीमा जोडिएका जिल्लाहरूमा ब्ल्याकआउट र गोलाबारी भएको रिपोर्ट आएको थियो । जोखिमलाई ध्यानमा राख्दै आज साँझदेखि धेरै जिल्लाहरूमा ब्ल्याकआउट गरिएको छ । भारतले बिहीबार राति पाकिस्तानले ३६ स्थानमा ३००–४०० ड्रोन पठाएको तर त्यसलाई खसालिएको दाबी गरेको छ ।

भारत र पाकिस्तानबीच सैन्य तनाव चर्किदै जाँदा दुवै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन् । स्थानीय समय अनुसार राति करिब ३ः१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ । दुवै देशका एयर स्पेस बन्द हुँदा हवाई यातायातमा व्यापक असर पर्ने अनुमान गरिएको छ । अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो ।

त्यसपछि दुवै देशबीच मिसाइल र ड्रोन हानाहान भएको थियो । भारतीय र पाकिस्तानी सञ्चारमाध्यमहरुका अनसार दुई रातमा भारतले तीन सय देखि ४०० पाकिस्तानी ड्रोन निस्तेज पारेको छ भने पाकिस्तानले ७२ वटा मिसाइल र ड्रोन निष्क्रिय पारेको छ । शनिबार बिहान जम्मू–काश्मिर क्षेत्रको सीमानामा ठूला– ठूला धमाकाहरू सुनिएको थियो । भारतले सीमा क्षेत्रका मानिसहरूलाई त्यहाँबाट अन्यत्र सार्ने काम गरिरहेको छ।

भारतले बन्द गरेका ३२ विमानस्थल

अधामपुर
अम्बाला
अमृतसर
अवान्तीपुर
बठिन्डा
भुज
बिकनेर
जइसाल्मर
जमनगर
जोधपुर
कान्द्ला
कंग्रा
किशोद
कृष्णगढ
कुलु मनाली (भुन्टर)
लेह
लुधियाना
मुन्ड्रा
पठानकोट
पटियाला
पोरबन्दर
राजकोट (हिरासर)
सरसवा
सिमला
श्रीनगर
थोइस
उत्तरलाइ
नलिया
चन्डिगढ
हलवारा
हिन्डन
जम्मू

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर