• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

ओलीलेले नै गर्भनर नियुक्ति अड्काएकाे कांग्रेसको शंका, भट्टकाे अडान नछाेड्ने

काठमाडौं । नेपाली कांग्रेसले सिफारिस गरिएकाे गुणाकर भट्ट नियुक्तिकाे बाटाे सहज नहुनुमा प्रधानमन्त्रीकै भूमिकामा शंका गरेकाे छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा २१ दिनसम्म पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत गरेकी छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा तीन वटा विकल्प दिएपनि डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउनुपर्ने अडानबाट नेपाली कांग्रेस पछि नहट्ने अडान पनि दाेहाेर्याएकाे छ । 

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले भट्टलाई गभर्नर बनाउन अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको हो। 

उनी आफैँ गभर्नरको प्रतिस्पर्धामा रहेकोले कुनै हालतमा भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि सरकारले गभर्नर नियुक्ति प्रक्रिया समेत अघि बढाउन पाएको छैन। जसका कारण प्रधानमन्त्री ओलीले देउवासामु ढुंगानालाई मनाउने वा भट्टको विकल्प अघि सारेका थिए।

देउवाले पदाधिकारी बैठकमा आफूले गुणाकर भट्टलाई गभर्नर बनाउन भनेर प्रधानमन्त्रीलाई नाम दिएको ब्रिफिङ गरेका थिए।

त्यसपछि पदाधिकारीहरूले एमालेले विभिन्न कुरा गरेर घुमाउन खोजेको टिप्पणी गरे। तर, देउवाले भट्टकै पक्षमा अडिग रहेको प्रष्ट पारे। 

गभर्नर नियुक्तिको विषय पेचिलो बनिरहेको बेला बिहीबार प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, अर्थमन्त्री पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा छलफल भएको थियो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर