• २०८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025

भारत – पाकिस्तान तत्काल युद्धविराम गर्न तयार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनमा एक-अर्काप्रति आक्रामक बन्दै आएका भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको बताएका छन् ।

सामाजिक सञ्जाल प्लाटफर्म 'ट्रुथ सोसल'मा शनिबार अपराह्न पोस्ट गर्दै ट्रम्पले अमेरिकाको मध्यस्थताले यो सम्भव भएको भन्दै दुवै देशलाई बधाइ दिएका छन् । 

उनले लेखेका छन्, 'रातभरीको निरन्तर कुराकानी र अमेरिकाको मध्यस्थताका कारण भारत र पाकिस्तानबीच पूर्ण रूपमा र तुरुन्तै युद्ध विराम गर्न सहमति भएको घोषणा गर्न पाउँदा म खुशी छु । विवेक र सही विचारसहितको यस कदमका लागि म दुवै देशलाई बधाइ र धन्यवाद दिन चाहन्छु ।'

यस्तै, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि ट्रम्पको पोस्टको आशयलाई पुष्टि गर्ने शैलीको सन्देश एक्समा शेयर गरेका छन् ।

उनले गएका दुई दिनमा उपराष्ट्रपति जेडी भान्स, वरिष्ठ भारतीय तथा पाकिस्तानी अधिकारीहरूसँगै प्रधानमन्त्रीहरू, नरेन्द्र मोदी र सेहबाज सरिफसँग निरन्तर संवाद गरेको र दुई देशका सरकारहरूले युद्धविरामका लागि सहमति जनाएको पुष्टि गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर