युद्धविराम पछि पाकिस्तानी प्रधानमन्त्रीले भनेः ‘यो हाम्रो जित हो’

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले शनिबार मध्यराति राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री शरिफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई बधाई दिँदै भने, "यो पाकिस्तानको लागि ऐतिहासिक विजय हो।’यस क्रममा उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।
उनले भने, ‘यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दियो भने हामी आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ।"
उनले आफ्नो देशविरुद्ध लगाइएका आरोप ‘आधारहीन’ भएको दाबी गर्दै यसको अनुसन्धान गरिनुपर्ने बताए।
शाहबाज शरिफको सम्बोधनमा भारतले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यद्यपि, यसको केही समयअगाडि भारतीय विदेश सचिव विक्रम मिश्रीले एक विशेष प्रेस ब्रिफिङमा ‘पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको’ आरोप लगाएका थिए।
प्रतिकृया दिनुहोस