• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

भारत र पाकिस्तानबीच आज वार्ता हुने

काठमाडौं । भारत र पाकिस्तानका सैन्य अधिकारी (डीजीएमओ) बीच आज उच्चस्तरीय वार्ता हुने भएको छ। दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो।

वार्ता हालैको युद्धविराम र सीमा क्षेत्रमा हुने तनावलाई दीर्घकालीनरूपमा समाधान गर्ने विषयमा केन्द्रित हुनेछ । भातीय पक्षले वार्तामा कश्मीर र इन्दुस जल सन्धिबारे कुनै छलफल नहुने स्पष्ट पारेको छ।

रक्षाविज्ञ सञ्जीव श्रीवास्तवले डीजीएमओस्तरको वार्ता दुवै देशका लागि निकै महत्वपूर्ण रहेको बताएका छन्। ‘वार्ता भारत र पाकिस्तानबीच भएको युद्धविरामको सहमतिलाई कसरी निरन्तरता दिने भन्ने विषयमा केन्द्रित हुनेछ’, उनले भनेका छन्। हिन्दुस्तान टाइम्सबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर