• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

टेस्ट क्रिकेटबाट विराट कोहलीले लिए संन्यास

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कोहलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

कोहलीले भारतका लागि टेस्ट क्रिकेटमा ३० शतक बनाएका छन् । उनको नाममा टेस्ट क्रिकेटमा ३१ अर्धशतक पनि छन् ।

१२३ टेस्ट खेलेका कोहलीले ९ हजार २३० रन बनाएका छन् । टेस्टमा उनले सर्वाधिक नटआउट २५४ रन बनाएका छन् । उनले टेस्ट क्रिकेटबाट संन्यास लिनु सहज नभएको तर सही निर्णय लिएको लेखेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर