• २०८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025

महिला टी–२० विश्वकप छनोट:हङकङसँग जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं। नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा मंगलबार हङकङसँग खेल्दैछ। 

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा  खेल १:५० बजेबाट सुरु हुनेछ। नेपाल र हङकङबीच हालसम्म ९ खेल भएका छन्। जसमा ५ खेल नेपालले जितेको छ। अन्य खेलमा भने हङकङले नतिजा आफ्नो पक्षमा पारेको छ।

यो वर्ष युगान्डमा भएको चारदेशिय सिरिजको पहिलो खेलमा नेपाल २ विकेटले पराजित भएको थियो। अर्को खेलमा भने ६ विकेटको जित हासिल गर्दै सानदार पुनरागमन गर्न सफल रह्यो। नेपाल यही लयलाई कायम गर्ने लक्ष्यमा हुनेछ। 

नेपाल हाल अंक तालिकाको शीर्ष स्थानमा छ। हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो। दोस्रो खेलमा भने नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको थियो।

हङकङले भने आफ्नो दुवै खेलमा अंक बाँडेको छ। उसको बहराइनसँगको खेल पनि वर्षाको कारण रद्द भएको थियो। यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ। पराजित भए लगभग सम्भावना सकिने छ। त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर