• २०८२ जेठ १ बुधबार
  • Wednesday, 14 May, 2025

प्रधानमन्त्री ओलीले सम्झिए पार्टी अफिस बनाउने प्रशंग

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी अफिस बनाउने प्रशंग सम्झिएका छन् । ओलीले नेकपा एमालेको पार्टी कार्यालय ‘एक–एक रुपैयाँ उठाएर बनाइ दिन्छु’ भन्ने प्रस्ताव आएको बताए । भाटभटेनीका मालिक मीनबहादुर गुरूङले एमालेका लागि अत्याधुनिक पार्टी अफिस सित्तैमा बनाइदिने भन्दै शिलान्यास गराएका थिए ।

आज (मंगलबार) बनेपामा निर्माण हुने अत्याधुनिक चलचित्र स्टुडियोको घोषणा समारोहमा बोल्दै ओलीले भने, ‘अस्ती हाम्रो पार्टी अफिस गएर एक–एक रुपैयाँमा हामी बनाउँछौँ भन्ने पनि निस्किए,’ प्रधानमन्त्री ओलीले भने, ‘एक–एक रुपैयाँमा पार्टी अफिस बनाउने रे।’ 

एक–एक रुपैयाँ दिन्छौँ र पार्टी अफिस बनाउँछौँ भन्नेलाई ‘ल ल्याऊ’ भन्दा वाचाबाट मुख फर्काएको पनि बताए।

‘एक–एक रुपैयाँ दिन्छौँ पार्टी अफिस बनाउँछौं । भरे चन्दा कतिले दिन्छौं भन्दा एक–एक रुपैयाँ कहाँ साटेर ल्याउने ? भन्छन्,’ प्रधानमन्त्री ओलीले भने। अहिलेको जमानामा एक रुपैयाँ साँटेर ल्याउन नसक्ने भन्दै नदिने बहाना बनाएको पनि उनले बताए। उनले भने, ‘अहिले जमानामा कहाँ साँटेर ल्याउने भन्छन्, दिँदैनन् त्यो पनि। त्यसर्थ भन्ने एउटा कुरा हो। रियालिटी अर्कै कुरा हो।’

प्रधानमन्त्री ओलीले धुर्मुस–सुन्तलीलाई आफूले ‘यो काम नगर’ भनेको सम्झाएको बताए। उनले भने, ‘मैले यसो नगर बाबु, नानु, यो सम्भव छैन, भन्दा भन्दै गरे। नगर भन्दा भन्दै गरे धुर्मुस सुन्तलीले बहुत दुःख पाए, माया लाग्छ।’

उनले अब भने उनीहरुको दुःख हट्ने बताएका छन्। ओलीले भने, ‘अब क्रिकेट मैदान पनि बन्छ, उनीहरुको दुःख कष्ट पनि हट्छ । मैले त दुःख पाइन्छ नगर, नगर्नु भनेकै हो । तर, ठूलै काम आँटे।’

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको बताएका छन्। मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित सिनेमा: चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिरहेको छ, तपाईहरू गीत बनाउनु हुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको ? हामीले अब जनकपुरको रेल।’ प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको छुटेको थियो । प्रधानमन्त्री ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन्। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कनस्थल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर