• २०८२ जेठ १ बुधबार
  • Wednesday, 14 May, 2025

रविन्द्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिल र बन्दी (मिश्र) सहित अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो ।  

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर