सगरमाथा सम्बादका लागि चिनियाँ नेता सियाओ जी काठमाडाैंमा

काठमाडाैं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन्।
उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म काठमाडाैँमा हुँदैछ।
प्रतिकृया दिनुहोस