• २०८२ जेठ २ बिहीबार
  • Thursday, 15 May, 2025

६ गोल, तर मेसीकाे मायामीले फेरि जित्न सकेन

काठमाडौं । अमेरिकन सकर लिगमा अर्जेन्टाइन सुपरस्टार लियाेनल मेसीकाे इन्टर मायामीले निराशाजनक परिणामकाे सिकार हुनुपरेकाे छ । एमएलएस फुटबलमा लियोनल मेस्सीको टिम विहानकाे खेलमा अर्को बराबरीमा चित्त बुझाउन बाध्य भयाे । 

सान जोसे र इन्टर मिायमीबीचको रोमाञ्चक खेल पहिलाे मिनेटमै गाेल गरेर अग्रता बनाएकाे मायामी बराबरीमा पुग्न पनि दाेस्राे हाफकाे ५२ मिनेटसम्म पर्खनुपरेकाे थियाे ।

३–३ को बराबरीमा सकिँदा पहिलाे हाफमा नै मायामीले ३ गाेल खायाे भने २ गाेल गर्न सफल भयाे । दुवै तर्फबाट गरी कूल ६ गोलको वर्षा भएको थियो ।

पछिल्लो खेलमा मियामीले ४–१ को खराब हार बेहोरेको थियो । सो खेलपछि मियामीले फेरि आजको खेलमा अंक गुमायो । 

बराबरीपछि मियामी १२ खेलबाट २२ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर