• २०८२ जेठ २ बिहीबार
  • Thursday, 15 May, 2025

माेहन बस्नेतकाे सांसद पद निलम्बन, ३ अर्ब २१ करोड बिगो, १७ वर्ष कैद सजाय माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहन बस्नेतविरुद्ध मुद्दा दर्ता गरेसँगै उनकाे स‌घीय सा‌सद पद निलम्बनमा परेकाे छ । उनी सिन्धुपाल्चाेक क्षेत्र नम्बर २ बाट तत्कालिन कांग्रेस माअेावादी गठबन्धनबाट निर्वाचित सांसद हुन् । उनलाइ अख्तियारले १७ वर्ष कैद सजाय माग गरेको छ । 

बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ बमोजिम दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) (झ) एवं संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजायको माग गरेको छ ।

उक्त व्यवस्थाबमोजिम उनलाई १० करोडभन्दा बढी भ्रष्टाचार मुद्दामा १० देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।  

आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब बढीको बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ।

अख्तियारले उनी विरुद्ध साथै दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकारकै अपव्याख्या गरेको कसुरमा पनि सजाय माग गरेको छ । 

उक्त कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ बमोजिम दफा २४ अनुसार पनि कैद सजाय माग गरिएको छ ।  उक्त व्यवस्थाअनुसार पदीय दुरुपयोगको कसुरमा थप ३ वर्ष कैद सजाय हुनसक्ने व्यवस्था रहेको छ । 

उनी विरुद्ध अख्तियारले ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो माग दाबी भएको छ ।

आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर