टी-२० महिला विश्वकप छनोट: नेपाल सुपर-३ प्रवेश

काठमाडौँ । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो।
यो नतिजापछि नेपाल र हङकङको समान ५ अंक भएपनि नेपाल बढी जितका कारण अगाडि बढेको हो। नेट रनरेटमा भने नेपालभन्दा हङकङ अगाडि थियो।
नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो।
नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो।
९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्।
छनोटमा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेता सुपर थ्री मा प्रतिस्पर्धा गर्ने प्रावधान अनुसार नेपाल, यूएई र थाइल्यान्डले सुपर थ्रीमा खेल्नेछन् ।
सुपर थ्रीमा सबैले एक अर्कासँग १ पटक खेल्नेछन् भने पहिलो चरणको अंक पनि जोडिनेछ । शीर्ष २ टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको छ ।
समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।
प्रतिकृया दिनुहोस