• २०८२ जेठ ४ शनिबार
  • Saturday, 17 May, 2025

मदन–आश्रीत सम्झदै ओलीले फेसबुकमा लेखेः जबजका कारण परिवर्तन आयाे !

काठमाडौं । आफ्ना तत्कालिन नेताहरूकाे स्मरणमा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमा सम्झना गरेका छन् ।

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित (मदन–आश्रित)को आज ३२औँ स्मृति दिवस, नेकपा एमालेले देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउँदै छ । 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले  मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाएको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेको छन्–'३२ वर्ष अगाडि आजको दिन, हामीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमायौँ । जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो।'

मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले भनेका छन्– 'मदन-आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौ। उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर