कांग्रेस संसदीय दलको बैठक, के छ एजेण्डा ?

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसद्मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
उनका अनुसार आज दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक बस्ने छ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए।
प्रतिकृया दिनुहोस