• २०८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025

जगदुल्ला हाइड्रोपावरको निर्माणमा चलखेलः ३ दलका ४ सांसदले लेखे फरक मत

काठमाडाैं । सार्वजनिक लेखा समितिका निर्णयहरूमा गम्भीर खालका प्रश्न उब्जिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी रास्वपाका सांसदहरू तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फरक मत राखेका छन्।

जगदुल्ला हाइड्रोपावरको निर्माणसम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा मूल्याङ्कन समितिको निर्णय लगायतमा नक्कली कागजात पेस भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएको उनीहरूको भनाइ छ।

लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदी, रास्वपा सांसदहरू मनिष झा, असिम शाह, हरि ढकाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत र यसमा जोडिएका अन्य पदाधिकारीहरूको संलग्नताको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने उल्लेख गर्दै फरक मत राखेका हुन्।

फरक मतः

सार्वजनिक लेखा समितिको निर्णयहरूमा गम्भीर खालका प्रश्न उब्निएको कारणले केही माननीयज्यूहरूले यस कुरामा ध्यानाकर्षणसहित फरक मत र राय दिएका छौं।

जगदुल्ला हाइड्रोपावरको निर्माणसम्बन्धी बोलपत्र आह्वान तथा प्रक्रियामा मूल्याङ्कन समितिको निर्णय आदिमा नक्कली कागजात पेश भएको, गलत मनसायका साथ प्रक्रियामा समेत चलखेल भएको देखिएको लगायतका गम्भीर प्रश्न उठेका छन्।

तसर्थ यस विषयमा मूल्याङ्कन समितिका पदाधिकारीहरूसहित जगदुल्ला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत र यसमा जोडिएका अन्य पदाधिकारीहरूको संलग्नताको आवश्यक छानबिन गरी सत्यतथ्य के हो, सोको अध्ययन अनुसन्धान तथा छानबिन हुन आवश्यक छ।

छानबिन प्रक्रिया अगाडि नबढाइ निर्माण प्रक्रिया अगाडि बढाउँदा भ्रष्टचार र अनियमितता हुने हुँदा जिम्मेवार निकायहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय अनुसन्धान ब्यूरो, सार्वजनिक खरिद अनुगमन कार्यालय, स्याङ्चेन हाइड्रोपावर परियोजना चीनमा छ कि छैन समेतको प्रश्नसहित सम्बन्धित चिनियाँ दूतावास, चीन सरकार (परराष्ट्र मन्त्रालयमार्फत्) लगायतका निकायले १५ दिनभित्र छानबिन गरी सार्वजनिक लेखा समितिमा पेस गर्न निर्देश गर्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर