उपसभामुख राना हटाएर संवैधानिक नियुक्ति गर्दै तयारी कांग्रेस–एमाले

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले रिक्त रहेका स्थान र सर्वोच्च अदालतमा विचाराधिन विभिन्न ५२ संवैधानिक नियुक्ति भएका स्थानमा नयाँ नियुक्तिको तयारी गरेको छ ।
यसको खुलासा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आज प्रतिनिधि सभाको बैठकमा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभामुख रहेकी इन्दीरा रानालाई हटाएर संवैधानिक परिषदमा बहुमत पुग्नेगरी सत्ताढ दलको उपसभामुख नियुक्त गर्ने र नयाँ संवैधानिक नियुक्त गर्ने तयारीमा गठबन्धन दलहरुबीच सहमति भइसकेको सांसद सिंहले बताए ।
उनले यो महिनाको अन्तिममा संवैधानिक नियुक्तिका लागि थुप्रै पदलहरु सृजना हुने दावी गर्दै पूर्वसचिवहरुलाई हात हातमा पैसा लिएर पदमा जान तयार हुन सुझाव समेत दिए ।
संसदको बैठकमा बोल्दै सांसद सिंहले भने, ‘आज लोडसेडिङ गर्न दुई तामाङलाई कांग्रेसले बली दियो । पूर्व सचिवहरु करोडौं पैसा लिएर बसेहुन्छ । कांग्रेसले मधेशी महिलालाई सचिव बन्न पनि दिएन । कांग्रेस सभापति प्रधानमन्त्रीका लागि जनजाती, थारु, मधेशी, मुस्लीम महिलाको बिरोधमा लागेको छ ।’
आफ्नो पूर्व पार्टी कांग्रे महिला, दलित, जनजाती, मधेशी लगायतका उत्पिडीत वर्षको विपक्षमा उभिएको उनले आरोप लगाए ।
‘यो महिनाको अन्तिममा कांग्रेस–एमालेले अर्को नयाँ बम्पर उपहार दिन पनि सक्छ ।’
उनले प्रश्न गरे, ‘यही दिन देख्न वीपीले कांग्रेस पार्टी बनाएको हो ? २०८४ मा कांग्रेसको अरु १०–१५ सिट घट्ने अवस्था नआओस । उपसभामुखको पदको पनि बली दिन सम्भावना छ ।’
विवादास्पद ५२ संवैधानिक निकायमा नियुक्त भएकाहरुले साढे ४ वर्ष कार्यकाल पूरा गरिसकेको र अन्तिम समयमा नियुक्तिको विपक्षमा फैसला आउने सम्भावना रहेको स्रोतको दावी छ । सर्वोच्च अदालतको नेतृत्वसँगसमेत परामर्श गरेर सत्तारुढ दलले संवैधानिक निकायहरु खाली गराउने र आफ्ना मानिसहरु नियुक्त गर्ने तयारी गरिरहेको उक्त स्रोतले समाचार दैनिकलाई जानकारी दियो ।
प्रतिकृया दिनुहोस