• २०८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025

भारतले गरेकाे रकेट प्रक्षेपण असफल

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार सतीश धवन अन्तरिक्ष केन्द्रबाट पीएसएलवी–सी ६१ रकेट प्रक्षेपण गरेको थियो। तर यो अभियान सफल हुन सकेन।

इसरो प्रमुख वी. नारायणनले तेस्रो चरणको अवधिमा मिसन अपूर्ण रहेको जानकारी दिए।  

‘इसरोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेको छ,‘आज १०१ औँ प्रक्षेपण प्रयास गरियो। दोस्रो चरणसम्म पीएसएलवी–सी६१ को प्रदर्शन सामान्य थियो। तर तेस्रो चरणमा गडबडी पछि मिसन पूरा हुन सकेन।’

यस मिसनअन्तर्गत ईओएस–०९, (पृथ्वी अवलोकन उपग्रह–०९) लाई सूर्य सिंक्रोनस ध्रुवीय कक्ष (एसएसपीओ)मा राख्नु पर्ने थियो।

ईओएस–०९ उपग्रह ईओएस–०४ को दोहोरिने संस्करण हो। यो देशको रिमोट सेन्सिङ क्षमताहरूलाई अझ बलियो बनाउने उद्देश्यले सिर्जना गरिएको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर