• २०८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025

महिला ट्वान्टी–२० छनोट: नेपाल र थाइल्याण्ड भिड्दै

काठमाडौं । पहिलो पटक आइसिसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको नेपालले आज थाइल्याण्डसँग अन्तिम खेल खेल्दैछ। 

आइतबार एसिया छनोट अन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालले युएईविरुद्ध पाँच विकेटको जित निकालेको नेपालले आज घरेलु टोली थाइल्याण्डसँग अन्तिम खेल खेल्न लागेको हो। खेल थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा विहान पौने ९ बजे सुरु हुनेछ। 

नेपाल र थाइल्याण्ड एक खेल अगावै ग्लोबल छनोट भइसकेका छन्।   हिजो भएको खेलमा युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए। थाइल्याण्डले भने यूएईलाई ५४ रनले हराएर आफ्नो स्थान सुरक्षित गरेको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर