आइपिएल: राजस्थानले चेन्नईलाई हरायाे

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको छ।
जितको लागि १ सय ८८ रनको चुनौती राजस्थानले १७ दशमवल १ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
ओपनर यशस्वी जैसवाल १९ बलमा ५ चौका र २ छक्का सहित सम्मान ३६ रनमा आउट भए। दोस्रो विकेटको लागि वैभव सूर्यवंशी र कप्तान सञ्जु सामसनले ९८ रनको साझेदारी गरे।
सञ्जुले ४१ रन जोडे। वैभवले अर्धशतक बनाए । उनले ३३ बल खेल्दै ४ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए।
यसपछि धुर्व जुरेलले अविजित अविजित ३१ र सिम्रोन हेटमेर अविजित १२ रनमा रहँदै टोलीलाई ६ विकेटको जित दिलाए। बलिङमा चेन्नईका रविचन्द्रन आश्विनले २ विकेट लिए।
त्यसअघि अरुण जैटली स्टेडियममा भएको खेलमा टस हारेरचेन्नईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदैै १ सय ८७ रन बनाएको थियो।
चेन्नईका डेभोन कोनवे १० रनमा र उर्भिल पटेल खाता नखोली आउट भए। आयुष महात्रे र रविचन्द्रन आश्विनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे।
२० बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै आयुषले ४३ रनको पारी खेले। यसपछि डिवाल्ड ब्रेभिसले २५ बलमा ४२ रन जोडे। उनले २ चौका र ३ छक्का प्रहार गरे।
यस्तै शिवम दुबेले ३९ र महेन्द्र सिंह धोनीले १६ रन बनाए। बलिङमा आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए।
लिग चरणबाट बाहिरिसकेका यी टोली राजस्थानदे ८ अंक बनाएको छ। चेन्नईसँग ६ अंक रहेको छ। चेन्नई लिगको पुछारमा र राजस्थान नवौं स्थानमा छ।
प्रतिकृया दिनुहोस