• २०८२ जेठ ७ बुधबार
  • Wednesday, 21 May, 2025

आरजुका व्यापारिक साझेदार पाैडेल बन्ने भए गभर्नर

काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणामा व्यापारिक साझेदार विश्व पौडेल गभर्नर बन्ने पक्कन भएकाे छ। 

अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए।

वैशाख २९ गते र आज (जेठ ६) गते बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका हुन्।

‘कांग्रेसले विश्व पौडेलको नाम दिएको छ, कांग्रेसले दिएकै नाममा सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत आजै सिफारिस समितिबाट नाम सिफारिस भएर मन्त्रिपरिषदबाट नियुक्ति होला।’

मंगलबार प्रधानमन्त्री ओली, सभापति देउवा, गभर्नर सिफारिस समितिका संयोजकसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकबीच बालुवाटारमा गभर्नर नियुक्तिलगायत विषयमा कुराकानी भएको थियो।

यसपछि संयोजक पौडेलले गभर्नर सिफारिस समिति बैठक बसेकाे छ। 

अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका विश्व पौडेल पछिल्लो समय काठमाडौं विश्वविद्यालयको 'स्कुल अफ म्यानेजमेन्ट'का प्रोफेसर थिए।

उनी नेपालकै महंगाे मध्येको एक ललितपुमा रहेकाे युलियन्स स्कुलमा राणामा साझेदार पनि हुन्। 

केयुको प्राध्यापक हुने बेलादेखि नै उनी कांग्रेसको क्रियाशील राजनीतिबाट अलग भएका थिए।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका छन्।

नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने हो तर यसपालि ढिलाइ हुँदा आलोचना भइरहेको छ।

गभर्नर सिफारिस समितिको सदस्य रहेका विश्व पौडेलले पदबाट राजीनामा दिएका थिए।

यसअघि सभापति देउवाले प्रधानमन्त्री ओलीसँग राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरेका थिए। 

तर नेकपा (एमाले) का कतिपय नेताहरूले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला कार्यकारी निर्देशक युवराज खतिवडालाई गभर्नर नियुक्त नगरेको नजिर देखाएपछि ओलीले अर्को नाम मागेका थिए। त्यसपछि देउवाले विश्व पौडेलको नाम प्रस्ताव गरेका थिए।

विश्व पौडेल २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई चितवन क्षेत्र नम्बर १ मा चुनाव लडेर पराजित भएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर