• २०८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025

सांसद कुसारी र महिला समिति सभापति साहबिच झण्डै हात हालाहाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारी र प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहबिचकाे विवाद उत्कर्षमा पुगेकाे छ । 

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार भएको बैठकमा माओवादीकी सांसद कुसारीले नेम प्लेट र माइकले सभापति साहलाई प्रहार गरेक सभापतिकाे दावी छ । सांसद कुसारीले भने विवाद भएकाे तर प्रहार नगरेकाे समाचार दैनिकलाइ जानकारी दिइन ।

समिति सभापति साहले सांसद कुसारी समिति बैठकमा ढिला गरी आएको र अनुमति बेगर बोल्न थालेको विषय उठाएपछि उनीहरूबीच भनाभन पर्‍यो।

सांसद कुसारीले समिति सभापति साह सधैं आफै संयोजक भएर अनुगमनमा जाने गरेको र आफ्ना छोरालाई स्वकीय सचिव बनाएर घुम्न लैजाने गरेको तथा अनुगमनमा जाँदा खाली बिल स्वीकृत गराउने गरेको बताइन्।

अघिल्लो वर्ष बारा, पर्सा लगायतका जिल्लामा अनुगमनमा गएको र अनुगमन सकिएपछि आफूसहित ३ जना सांसद वीरगन्ज गएकाले त्यति बेलादेखि नै सभापतिले आफूलाई भेदभावपूर्ण व्यवहार गरेको उनले बताइन्। उनले सभापति साहसँग समितिका अधिकांश सदस्य असन्तुष्ट रहेको दाबी गरिन्।

उनले महिला सांसदलाई सभापति साहले उपेक्षापूर्ण व्यवहार गर्ने गरेको बताइन्। आफूले विगतमा पनि सभामुखलाई सभापति साहको व्यवहारबारे जानकारी गराएको कुसारीले बताइन्।

सभापति साह एमालेका सांसद हुन् भने मियाँ माओवादीकी सांसद हुन् । शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका दुईवटा उपसमितिका प्रतिवेदन समितिलाई बुझाउनका लागि बैठक बोलाइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर