बर्नावेउमा भेट्रान लुका मोड्रिचले अब एक खेल मात्रै खेल्नेछन्

काठमाडौं । लुका मोड्रिच रियल मड्रिडका कप्तान हुन् । क्रोएसियाका पनि कप्तान । क्रोएसियालाई सन् २०१८ मा रसियाको मस्कोमा भएको विश्वकप फुटबलको फाइनलमा पुग्न उनै मोड्रिचको नेतृत्वदायी भूमिका थियो ।
यता रियल मड्रिडलाई अहिलेको सिजन मात्रै उपाधिको हकदार बनाउन नसकेका उनले लामो समय च्याम्पियन्स लिगको पनि च्याम्पियन बनाईरहन, स्पेनिस लिगको उपाधि जित्न भूमिका खेले ।
व्यक्तिगत जीवनको उतार चढाव र उनको सफलताको कुरा गर्दा पनि कम रोचक छैन । निक्कै निम्न परिवारबाट संघर्ष गर्दै गर्दै अहिले उनी इङलिस प्रिमियर लिगको कुनै क्लबको मालिक बन्न लागिरहेका छन् ।
अहिले भने उनको रियल मड्रिडसम्मको स्वर्णिम अवधि उत्तरार्धमा पुगेको छ । उनले अव रियलको घरेलु मैदान बर्नाबेउमा एक मात्रै खेल यस लिजनको ला लिगाको अन्तिम खेल खेल्नेछन् । त्यसपछि उनको रियलबाट बिदाइ हुने उनले नै घोषणा गरिसकेका छन् ।
३९ वर्षीय मोड्रिचले बर्नावेउमा १३ वर्ष विताए । यसबीचमा उनले ५९० खेल खेल्दा ४३ गोल गरेका छन् ।
आफ्नो इन्टाग्राममा उनले लेखेका छन्, ‘रियलका समर्थकहरुलाई धन्यवाद । हरेक कुराको सुरुवात र अन्त्य हुन्छ । अहिले मैले रियलमा करिअर अन्त्य गर्ने बेला भएको छ ।’
टोटनह्याम हर्सपरबाट रियल भित्रिएका लुकाले १२ च्याम्पियन्स लिगसहित कुल २८ ट्रफी जितेका छन् ।
प्रतिकृया दिनुहोस