• २०८२ जेठ १० शनिबार
  • Saturday, 24 May, 2025

भिजिट भिसा प्रकरणमा मुछिएपछि डा. कोइरालाले मागे गृहमन्त्री लेखकको राजीनामा

काठमाडौं । गृहमन्त्रालयसमेतको सेटिङमा भिजिट भिसा काण्ड भच्चाईएको भन्दै सार्वजनिक आलोचना र अख्तियारले छानविन थालेपछि कांग्रेस नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । लेखकले विगतमा संसद हुँदा आरोप लागेपछि मन्त्रीहरुले राजीनामा दिएर छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै दिएका अभिव्यक्ति सामाजिक सञ्जालहरुमा भाइरल भइरहेका छन् । 

सार्वजनिक प्रश्न उठेपछि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने तर्क गरेका लेखकले आफूमाथि नै प्रश्न उठेकाले उनले पनि पदबाट राजीनामा दिएर छानविनका लागि बाटो सजिलो बनाउनु पर्ने उनको भनाई छ । 

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा  भिजिट भिसाको लागि लाखौँ लिएको आरोप लागेका गृहमन्त्री रमेश लेखकले आफू त्यो केशमा निर्दोष छु भनेर देखाउनको लागि पनि पदबाट बाहिर रहनु उपयुक्त हुने बताएका हुन्।  

‘नेपालको संसदीय इतिहासमा यस्ता खालका घटनाहरू घटिरहेको छन्, यस्ता घटनाहरू घट्दा मन्त्रीहरूले राजीनामा दिएर छानबिन समिति बनाएर अगाडि बढेको तपाईँ हामी सबैलाई थाहै छ’, कोइरालाले भने। उनले  आफूमाथि प्रश्न् उठ्दा डा. रामशरण महत, जनार्दन शर्मा, गोकुल बाँस्कोटा र शेरबहादुर तामाङले राजीनामा दिएको उदारण दिए।

‘यस्ता विषय आउनु नौलो कुरा हैन, जुन कुराहरू आइरहेका छन्,’ कोइरालाले भने, ‘यस्ता कुराहरू आउँदा मोरल ग्राउन्डमा पनि म बाहिरिन्छु, छानबिन गर भने हुन्छ। सिम्पल कुरा हो यो त।’ उनले नीतिगत भ्रष्टाचारहरूमा मन्त्री, प्रधानमन्त्रीहरूलाई छानबिन नै नहुने र कर्मचारीहरूलाई मात्रै छानबिन हुने गरेको समेत बताए। 

‘जो रमेशजीको जुन कुरा छ, गृह मन्त्रालय उहाँको नेतृत्वमा छ,’ कोइरालाले भने, ‘उनले नैतिकताको हिसाबले म क्लीन छु, म अहिले राजीनामा दिन्छु, तपाईँहरू छानबिन समिति बनाउनुस्, छानबिन गर्नुस् भन्दा भइहाल्यो।’

उनले थपे, ‘त्यसले मोरल स्टाटेटस देखिन्छ, त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ।’

फरक प्रसँगमा कोइरालाले निजामती सेवा ऐनमा कुलिङ पिरियड दुई वर्ष राख्ने विषयलाई तलमाथि गर्नै नहुने बताए। उनले भने, ‘संवैधानिक निकायहरूमा अहिले पनि २२/ २३ जना सचिवहरू रहेका छन्, यसले के देखाइरहेको छ भनेँ, सचिवहरूको यो पोस्ट रिटायर्डमेन्ट क्लब जस्तै बनेको छ।’

कोइरालाले कुलिङ पिरियड राख्नैपर्ने बताएका छन्। 

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने र त्यो राखिने बताएका हुन्।

यसमा सचिवहरूले दबाब दिएर परिवर्तन नहुने कोइरालाको भनाइ छ।

'दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्‍यो नि पहिले,' उनले भने। 

त्यसकारण कुलिङ पिरियड के हुन्छ भन्ने विषयमा कसैले  चिन्ता लिन जरूरी नरहेको कोइरालाले बताए। 

कुलिङ पिरियडको व्यवस्था नहुँदा चार दिन पहिले राजीनामा दिएर संवैधानिक निकायहरूमा नियुक्ति लिने प्रवृत्ति बढेको बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर