सिरहा नगरपालिकामा अख्तियारले छापा मारेर लग्याे कागजात 

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो ।

टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरू नियन्त्रणमा लिएको छ। यस्तै, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ।

अख्तियारका सूचना अधिकारीका अनुसार, नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर