• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

सुपर किड यामल थप ६ वर्ष बार्सिलोनामा नै रहने पक्का

काठमाडौं । क्लब वा खेलाडीले बिचैमा सम्झौता भंग नगरेको अवस्थामा स्पेनिस सुपर किड लामिन यामल सन् २०३१ सम्म लिग विजेता बार्सिलोनामा नै रहने पक्का भएको छ । क्लब र उनीबिच यामल थप ६ वर्ष क्लबमा रहने सम्झौता भएको हो । 

यामल अहिले १७ वर्षका छन् । यो सानै उमेरमा उनले विश्व फुटबललाई आफ्नो जादु देखाइरहेका छन् । लियोनल मेसी र नेइमारको खेलबाट आफू प्रभावित रहेको बताउने उनी भविष्यमा आफ्नो छुट्टै पहिचान बनाउन चाहेको बताउनेगर्दछन् । 

मेस्सीसँग तुलना भइरहेका यामाल अझै ६ वर्ष बार्सिलोनामै रहने

यामालले ब्रेकआउट सिजनपछि बार्सिलोनामा ६ वर्ष रहनका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

१७ वर्षीय स्पेनी विंगर यामाल र बार्सिलोनासँग २०२५–२६ को सिजनको अन्त्यमा सम्झौता सकिने थियो। तर बार्सिलोनाले यामालसँगको सम्झौता अवधि ६ वर्षका लागि थप गरेको हो। 

बार्साका अध्यक्ष जोन लापोर्ता र खेलकुद निर्देशक डेकोको उपस्थितीमा मंगलबार नयाँ सम्झौतामा हस्ताक्षर भएको हो। 

सन् २०२३ मा १५ वर्षको उमेरमा बार्सामा डेब्यु गरेका यामालले ला लिगा, कोपा डेल रे र स्पेसिन सुपर कप जित्न टोलीलाई सहयोग गरेका थिए। बार्साले ट्रेबल उपाधि जित्दा यामालले ५५ खेलमा १८ गोल र २५ असिष्ट प्रदान गरेका थिए।

यामालले स्पेनका लागि १९ खेल खेलेका छन्। 

बार्साकै ला मासिया एकेडेमीबाट आएका यामालको तुलना लियोनल मेस्सीसँग हुँदै आएको छ। 

बार्सिलोनाले गत साता अघि मात्र आगामी सिजनका लागि प्रशिक्षकमा हान्सी फ्लिक र ब्राजिलका फरवार्ड राफिन्हासँग पनि सम्झौता नविकरण गरिसकेको छ। 

बार्सिलोनाले हान्सी फ्लिकसँगको सम्झौता २ वर्षका लागि थप गरेको छ। हान्सी फ्लिक सन् २०२७ सम्म बार्सिलोनामा रहनेछन्। 

बार्साले राफिन्हासँगको सम्झौता भने सन् २०२८ सम्मका लागि नविकरण गरेको हो। बार्साले नयाँ गाेलकिपर र सेन्टर फरवार्डमा राेबर्टाे लेवान्डाेस्कीकाे स्थानमा नयाँ खेलाडी भित्राउन खाेजेकाे छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर