इंग्लिस स्ट्राइकर रास्फोर्ड स्पेनिस बार्सिलोनामा अनुबन्ध

काठमाडाैं । म्यान्चेस्टर युनाइटेडका इंग्लिस स्ट्राइकर मार्कस रास्फोर्ड स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्। बार्सिलोनाले २७ वर्षीय रास्फोर्डलाई युनाइटेडबाट लोनमा अनुबन्धन गरेको हो।
लोन अवधि सकिएपछि ३५ मिलयन युरोमा रोस्फोर्डलाई किन्न विकल्प पनि बार्सिलोनासँग छ।
एथ्लेटिको क्लबका विंगर निको विलियमको ट्रान्सफर अन्तिम समयमा कोल्लायप्स भएको र लुइस डियानको मूल्यको महँगो भएपछि प्रशिक्षक हान्सी फ्लिकले रास्फोर्डलाई रोजेका हुन्। लेफ्ट विंग र सेन्ट्रेल स्ट्राइकरका रुपमा खेल्न सक्ने भएकाले पनि फ्लिकको रोजाईमा रास्फोर्ड परेका हुन् ।
रास्फोर्ड आफैं बार्सिलोना आउन आतुर थिए। उनले जनवरी ट्रान्सफर विन्डोदेखि नै बार्सिलोनामा आफ्नो प्रस्ताव पठाएका थिए।
यो सँगै १७ वर्षपछि रास्फोर्डले युनाइटेड छाडेका छन्। युनाइटेडकै उत्दापदन रास्फोर्डले कुल ४२६ खेलमा १३८ गोल गरेका छन्। जहाँ दुई एफए कप र एक युरोपा लिग उपाधि जितेका छन्। १० सिजन युनाइटेका फस्ट टिमबाट खेले पनि उनले प्रियिमर लिग भने जित्न सकेनन्।
युनाइटेडमा रुबेन अमोरिमको आगमनपछि युनाइटेडमा रास्फोडको भविष्य संकटमा परेको थियो। सोही कारण उनले गत सिजनको दोस्रो हाफ लोनमा एस्टन भिल्लाबाट खेलेका थिए ।
प्रतिकृया दिनुहोस