• २०८२ श्रावण ८ बिहीबार
  • Thursday, 24 July, 2025

आयोजक बंगलादेशलाई हराउनै पर्नेः आज अघिल्लो हारको बदला लिने तयारीमा नेपाल

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू २० महिला च्याम्पियनसिपमा नेपालले आज अर्को फाइनल सरहको खेल खेल्दै छ । 

तालिकाको शीर्ष स्थानमा रहेको आयोजक बंगलादेशलाई हराउने, प्रतियोगिता जित्ने र अघिल्लो खेलमा खाएको हारको बदला लिनुपर्ने दबाबमा नेपाली युवा चेलीहरुको टिम रहेको छ । 

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानको गोल पोस्टमा ८ गोल प्रहार गरेको थियो। श्रीलंका र भुटानसँग नेपालले उच्च प्रदर्शन गरेपनि बंगलादेशसँगको अनिवार्य जित भने नेपालका लागि कठिन हुने गरेको छ । 

नेपालका लागि मीना देउवा र पूर्णिमा राईले ह्याट्रिक गोल गरेका थिए भने समीक्षा मगर र कुसुम खतिवडाले एकरएक गोल गरेका थिए।

प्रतियोगितमा नेपालसहित आयोजक बंगलादेश, भुटान र श्रीलंका सहभागी छन्। खेल डलब राउन्ड रोबिनका आधारमा भइरहेको छ।

यस प्रतियोगितामा फाइनलको प्रावधान छैन।  दोहोरो लिगपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने टिमलाई च्याम्पियन घोषित गरिने छ। जुन उपाधि होडमा अब बङ्गलादेश र नेपाल मात्र बाँकी भएको हो। 

भुटान र श्रीलङ्का उपाधि होडबाट बाहिरिसकेका छन्। नेपाल पहिलो पटक र बङ्गलादेश लगातार दोस्रो पटक साफ यु–२० उपाधि जित्ने अभियानमा रहेको छ। अघोषित फाइनलमा रूपान्तरण भएको अन्तिम खेलमा घरेलु टिम बङ्गलादेश केही फाइदामा छ। बङ्गलादेशले पाँच खेलबाट १५ र नेपालले चार खेलबाट १२ अङ्क बनाएका छन्।

त्यसैले घरेलु मैदानको फाइदा र समर्थकको ऊर्जामा खेल्ने बङ्गलादेशलाई बराबरीले पनि च्याम्पियन बनाउने छ। नेपाललाई भने जितले मात्र उपाधि दिलाउने छ। गोल अन्तर बङ्गलादेशको भन्दा राम्रो रहेकाले नेपाललाई बढी गोल गरेर खेल जित्नुपर्ने दबाब भने छैन। नेपाली युवा महिला फुटबल टिम सानदार लयमा पनि छ। यस प्रतियोगितामा नेपालले भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलको फराकिलो अन्तरले हराएको थियो।

नेपाल घरेलु टिम बङ्गलादेशसँग अन्तिम सेकेन्डमा गोल बेहोरेर ३–२ ले स्तब्ध भएको थियो । त्यसैले पनि नेपालको मनोबल उच्च नै देखिन्छ । बङ्गलादेशले श्रीलङ्कालाई ९–१ तथा ५–० र भुटानलाई ४–१ तथा ३–० ले पराजित गरेको थियो । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले बङ्गलादेशसँगको लागि नेपाल तयार छ रहेको बताएका छन्।  

बङ्गलादेशसँगको पहिलो खेलमा भएको गल्ती सच्चाउने र आक्रामक फुटबल खेल्ने, उनको भनाइ छ।  यसै गरी नेपालकी कप्तान बिर्सना चौधरीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए।  पछिल्लो खेलमा भाग्यले साथ दिएन तर हामी जुन लयमा छौँ त्यसरी नै खेले हामी जित्छौँ। ‘फुटबल टिमवर्क हो।

एकजुट भएर खेल्यौँ भने जित्छौँ। हाम्रो फरवार्ड राम्रो छ तर डिफेन्समा अलि सुधार गर्नु पर्छ। हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो, बिर्सनाले भनिन्। ​

बिर्सनाले भने जस्तै नेपालकी दुई स्ट्राइकर पूर्णिमा राई र मीना देउवा सानदार गोलको लयमा छन्। पूर्णिमाले १० गोलसहित प्रतियोगिताकै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्।  मीना सात गोलसहित दोस्रो स्थानमा छन्। यी दुवैले दुई,दुई ह्याट्रिक गरिसकेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर