नेपालले फेरि फाइनलमा गुमायाे लय, बंगलादेशले जित्यो साफ यू–२० महिला च्याम्पियनसिप

काठमाडौं । नेपाली फुटबलकाे एउटा नराम्रो राेग नै हाेफभन्दा पनि हुन्छ, फाइनलमा लय गुमाउने । अझ महिला फुटबलमा धेरै हाे भन्ने कुरा बंगलादेशसंग आज उपाधि भिडन्तमा खाएकाे हारले पनि देखाउछ।
यश लिगकाे अन्तिम खेलमा नेपाललाई हराउँदै बंगलादेशले साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपाललाई ४–० गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
बंगलादेशको जितमा सागोरिका एक्लैले ४ गोल गरिन् । खेलको ८औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएकी थिइन् ।
उनैले खेलको ५१औं, ५८औं र ७७औं मिनेटमा गोल गर्दै टोलीमा च्याम्पियन बनाइन् ।
बंगलादेशका खेलाडी अघि नेपाली चेलीहरु हतास हुँदै लय गुमाईरहेका थिए।
प्रतिकृया दिनुहोस