• २०८२ जेठ १६ शुक्रबार
  • Friday, 30 May, 2025

राजावादीको प्रदर्शन २ बजेपछि शान्तिबाटिकामा

काठमाडौँ । राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । वर्तमान व्यवस्थाको विरोधमा राजावादीले ‘संयुक्त जनआन्दोलन समिति’को अगुवाइमा बिहीबारदेखि आन्दोलन तय गरेको हो। 

समितिमा राप्रपा, राप्रपा नेपालसहितका राजावादी तथा हिन्दुवादी सङ्घसंस्थाहरू रहेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । 

हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग राखेर अनिश्चितकालीन आन्दोलन गर्न लागिएको उनको भनाइ छ । 

उनीहरूले याे प्रदर्शन निरन्तर जारी रहने बताएका छन् । राजा फर्काउने समझदारीमा गणतन्त्रवादी दलहरू तयार नभएसम्म प्रदर्शन निरन्तर रहने उनीहरूकाे भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर